महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु […]