दसैं–तिहार लक्षित फेस्टिवल हुने

धनकुटामा ७ देखि २१ असोजसम्म दसैं–तिहार फुड फेस्टिवल हुने भएको छ ।घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा फेस्टिबल हुन लागेको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । महासंघको बैठकले हिन्दुहरुका ठूला पर्व दसैं–तिहारलाई लक्षित गरेर फेस्टिवल गर्ने निर्णयसँगै अयोजक समितिसमेत गठन गरिएको श्रेष्ठको भनाइ छ ।दसैं–तिहारमा उपभोक्तालाई सस्तो मूल्यमा […]

सम्बन्धित सामग्री

पर्यटक भित्र्याउन भेडेटारमा 'फूड फेस्टिवल'

काठमाण्डाै – कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आज (शनिवार)देखि धनकुटाको भेडेटारमा तीन दिने फूड फेस्टिवल शुरु भएको छ ।  अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिवलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फूड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायक...

भेडेटारमा 'फुड फेस्टिवल' हुने

अंग्रजी नयाँ वर्षमा भारतीय पर्यटकहरूलाई लक्षित गर्दै प्रदेश नं १ को चर्चित पर्यटकीय स्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ।...

लुमिनसले ल्यायो फेस्टिवल अफर

काठमाडौं, १० असोज । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले दसैँ–तिहार र छठलाई लक्षित गरी फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर २२ सेप्टम्बर २०२२ देखि सुरु भई आगामी ३१ अक्टोबर २०२२ सम्म लागू हुनेछ । लुमिनस फेस्टिवल अफर अन्तर्गत ग्राहकहरुले नयाँ लुमिनस ब्याट्री सँग कुनै पनि ब्रान्डको पुरानो […]

बुझ्न नसकिएको सांस्कृतिक पर्यटन

पोखरामा ६ देशका २० जना पर्यटकले भाइटीका लगाए । रोपाइँमा रमाउन पनि पर्यटक नेपाल आएको पाइन्छ । सम्भाव्यता भएर पनि नेपालले सांस्कृतिक पर्यटनलाई राम्ररी बुझ्न नसकेको पाइन्छ । नेपालीहरू बालीमा पर्यटनका लागि जान आकर्षित भइरहेका छन् । त्यहाँको पर्यटनको एउटा प्रमुख पाटो धार्मिक र सांस्कृतिक नै हो । यो आजको विश्वको एक जल्दोबल्दो पर्यटकीय हबका रूपमा स्थापित भइरहेको छ । बालीमा रामायण नाटक मञ्चन गरी पर्यटकलाई आकर्षित गरिएको छ । देवीदेवताको मन्दिर–प्रतिमाको नजिक वा तोकिएको ठाउँमा तथा घरको प्रवेश द्वारमा पूजा भइरहेको देख्न सकिन्छ । बालीले जसरी संस्कृतिलाई पर्यटनसँग जोेड्न सकेको छ हामीले त्यसरी जोड्न सकेका छैनौं । सम्भावना बालीमा भन्दा बढी छ किनकि यहाँको संस्कृतिमा विविधता छ । प्रयासै नभएको होइन, तर सांस्कृतिक पर्यटनलाई अलग विधामा रूपमा बढाउन प्रयास गरिएको छैन । राम्रोसँग व्यवस्थापन गर्ने हो र संस्कृतिलाई दिगो पर्यटनसँग जोडेर प्रडक्ट निकाल्ने हो भने वर्षेनि थप हजारौं हजार पर्यटक तान्न सकिन्छ । नेपालमा पर्यटनलाई विविधीकरण गर्न र प्रवर्द्धनको माध्यम बनाउन हरेक क्षेत्रलाई पर्यटनसँग जोड्न आवश्यक छ । नेपालको धार्मिक, सांस्कृतिक र जीवनशैलीसँग जोडेर पर्यटन प्रडक्ट ल्याउन आवश्यक छ । हामीले यहाँका चाडपर्वका लागि मात्रै लक्षित गरी पर्यटक ल्याउने योजना बनाई त्यसअनुसार प्रचार गर्नेतर्फ लाग्नुपर्छ । यस्तो पर्यटनमा प्रतिस्पर्धा पनि कम हुने हुँदा तुलनात्मक रूपमा लाभ पनि बढी छ । तर, यसका लागि पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सरकारले विशेष रणनीति बनाउन आवश्यक देखिन्छ ,पर्यटनसँग चाडपर्वलाई जोड्न चाडपर्व मनाउने सम्बद्ध जातजाति र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक हुन्छ । चाडपर्वहरू सामाजिक एकता बढाउन तथा पारिवारिक मिलनमा केन्द्रित हुन्छन् । त्यसो हुँदा त्यसलाई व्यावसायिक बनाउन केही विशेष खाकाहरू बनाइनुपर्छ र त्यसका लाभ व्यवसायी र स्थानीय समुदाय दुवैले पाउनुपर्ने खालको हुनुपर्छ । भुटान तथा तिब्बतले पनि चाडपर्व पर्यटन (फेस्टिवल टुरिजम)को प्रवद्र्धन गरिरहेका छन् । । भुटानमा यस्तो पर्यटन प्याकेज महँगोमा विक्री भइरहेको छ । यसकै आडमा उसले महँगा पर्यटकलाई मात्र आफ्नो देशमा भित्रिन दिएको छ । नेपालले दशैंलाई नै पर्यटकीय प्याकेज बनाएर बेच्न सक्छ । त्यस्तै तिहारको देउसी भैला, रोपाइँ जात्रा, फागुपूर्णिमा, इन्द्रजात्रा र गाईजात्राजस्ता चाडपर्वहरूलाई पर्यटकीय प्याकेजका रूपमा विकसित गर्न सकिन्छ । पदयात्रामा आउने, दृश्यावलोकनका लागि आउने पर्यटक त्था विदेशी कूटनीतिज्ञहरू नेपालीका चाडपर्वमा संलग्न भएको र अत्यन्तै रमाएको पाइएको हुँदा यसको सम्भावना र औचित्य बारे पर्यटन व्यवसायी र सरकार यसबारे बेखबर छैनन् । तर यसबाट लाभ लिन प्रभावकारी नीति चालिएको छैन । स्पेनमा गोरु जुधाएको हेर्न विश्वभरबाट नै पर्यटक ओइरिने गरेका छन् । यो पर्यटकीय प्याकेज हुन्छ भने हरेक वर्ष माघे संक्रान्तिमा हुने गोरु जुधाईलाई पनि पर्यटकीय प्याकेज बनाउन सकिन्छ । सबै धार्मिक, कलासंस्कृति, ऐतिहासिक विषयवस्तु विदेशी पर्यटक आकर्षण गर्न पर्यटकीय प्याकेज बन्न सक्छ । चाहे तीज होस्, चाहे मुस्ताङमा हुने पद्मसम्भवको माक्स डान्स होस् वा हिमाली क्षेत्रमा हुने बौद्ध संस्कृतिका चाडपर्व ओऊन् ती सबैमा पर्यटक तान्न सक्ने क्षमता छ । झट्ट हेर्दा यस्ता पर्यटक थोरै आउने सम्भावना देखिन्छ । त्यही भएर यसमा व्यवसायीको ध्यान नगएको हुन सक्छ । तर, राम्रोसँग व्यवस्थापन गर्ने हो र यसलाई दिगो पर्यटनसँग जोडेर प्रडक्ट निकाल्ने हो भने यसकै लागि मात्रै वर्षेनि हजारौं हजार पर्यटक तान्न सकिन्छ । अध्ययन अनुसन्धन गरेर सही रणनीति लिने हो भने लाखौं पर्यटक यसका लागि मात्रै ल्याउन सकिन्छ । नेपालमा मौलिक चाडपर्वहरू वर्षैभरि मनाइन्छन् । विदेशीहरूका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विभिन्न चाडपर्वलाई क्यालेन्डरमै राखेर व्यवसायीले पर्यटकलाई थप आकर्षित गर्न खोजेको पाइन्छ । तर, यसमा उल्लेख्य सफलता प्राप्त हुन सकेको छैन किनभने उचित रणनीति र प्याकेज तथा तिनको प्रचारप्रसार हुन सकेको छैन । नेपाललाई पवित्र भूमिको रूपमा प्रचार गर्न केही थप कसरत पनि आवश्यक छ । अहिलेकै जस्तो गन्जागोलमा चाडपर्वको पर्यटन फस्टाइहाल्न भने सक्दैन । यसका लागि यहाँको सामाजिक परिवेश आदिमा पनि ध्यान दिनु आवश्यक हुन्छ । पर्यटनसँग व्यवसायीमात्र होइन, स्थानीय बासिन्दा पनि जोडिन आवश्यक हुन्छ जसका लागि थप व्यवस्थापन र नीति आवश्यक पर्छ । त्यसो त नेपाल पर्यटन बोर्ड हरेक वर्ष हुने नेपाली कला संस्कृति र चाडपर्वको क्यालेन्डर नै बनाएर प्रवद्र्धन नगरेको होइन । बोर्डले १ वर्षभित्र भएका र हुने सबै चाडपर्व तथा सांस्कृतिक गतिविधिको क्यालेन्डर बनाउने गरेको छ । व्यक्तिगत रूपमा केही पर्यटन व्यवसायीले निमन्त्रणा गरेरै चाडपर्वमा पर्यटक भित्र्याएको पनि पाइन्छ । तर, संस्थागत रूप भने लिन सकेको छैन । पर्यटकहरूले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरू रुचिपूवर्क अवलोकन गर्ने गरेका छन् । नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या ठूलै छ । धर्म र चाडपर्वको सम्बन्ध छ । नेपालमा धार्मिक पर्यटकको संख्या बढिरहेको छ । तर, यस्ता पर्यटकलाई पनि हाम्रा चाडपर्वसँग जोड्न सकिएको छैन । ती विशुद्ध धार्मिक कार्यका लागि मात्र आउने गरेका छन् । भारतीय वा अन्य देशका हिन्दू र बौद्ध धर्मावलम्बी नेपालमा आए पनि तिनले नेपालका चाडपर्वको भिन्नता थाहा पाउन सक्दैनन् । दशैं, तिहार, तीज वा अन्य चाडपर्व नेपालको मौलिक छ । त्यसमा विश्वका हिन्दूहरूलाई आकर्षित गर्नेगरी प्याकेज बनाउनेतर्फ कसैको पनि ध्यान गएको छैन भन्न सकिन्छ । चाडपर्वमा धनी छौं भनेर हामी गर्व गर्छौं । यस्तै गर्व प्राकृतिक सुन्दरता र स्रोतमा पनि गर्छौं । तर तिनको आर्थिक सम्भाव्यता दोहनमा भने हामी रचनात्मक बन्न सकिरहेका छैनौं । त्यसैले नवीन पर्यटन प्याकेजका लागि चाडपर्व र पर्यटनलाई जोड्नेबारे अध्ययन र नीति निर्माण तथा कार्यान्वयनमा लाग्नु आवश्यक छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

गोदरेजको सामान खरिदमा ३१ प्रतिशतसम्म क्यासब्याक, साथमा निःशुल्क होम डेलिभरी

इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१ प्रतिशत सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली...

गोदरेजको सामान खरिदमा ३१% सम्मको क्यास ब्याक, साथमा ५५ इन्चको टीभी उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलइडी टी.भी.समेत जित्न सकिने कम्पनीले जनाएको छ ।उक्त योजना अन्तर्गत गोदरेजका

दशैंमा गाडी किन्नेलाई ग्लोवल आईएमई बैंकको कर्जा स्कीम, व्याजदर ७.२९%

काठमाडौं । चाडपर्व नजिकिएसँगै गाडी विक्रेताले मात्र होइन, बैंकहरुले समेत स्कीम ल्याउन थालेका छन् । यही क्रममा ग्लोवल आईएमई बैंकले ‘अटो लोन फेस्टिवल एक्स्प्रेस स्कीम’ नामबाट गाडी किन्ने ग्राहकल लक्षित योजना ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा विद्युतीय गाडी किन्ने ग्राहकलाई निकै राम्रो अफर दिएको छ । यस योजनामा विद्युतीय गाडी किन्ने ग्राहकले ७.२९ प्रतिशत […]

लयमा फर्कंदै पूर्वको पर्यटन

पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा भारतीय पर्यटकहरुलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्षमा फुड फेस्टिबल आयोजना हुन्थ्यो। यसपाली कोभिड-१९ को कारण र नाका पनि बन्द भएकोले नवौं फुड फेस्टिवल हुन सकेन।

जनकपुरमा विन्टर फेस्टिवल (फोटोफिचर)

जनकपुरधाम । विद्यार्थीहरुलाई लक्षित गरी जनकपुरधाममा विन्टर फेस्टिवल गरिएको छ । जानकी आवासिय माध्यमिक विद्यालयद्वारा आयोजित सो फेस्टिवलमा सयौ विद्यार्थीको...