बुझ्न नसकिएको सांस्कृतिक पर्यटन

पोखरामा ६ देशका २० जना पर्यटकले भाइटीका लगाए । रोपाइँमा रमाउन पनि पर्यटक नेपाल आएको पाइन्छ । सम्भाव्यता भएर पनि नेपालले सांस्कृतिक पर्यटनलाई राम्ररी बुझ्न नसकेको पाइन्छ । नेपालीहरू बालीमा पर्यटनका लागि जान आकर्षित भइरहेका छन् । त्यहाँको पर्यटनको एउटा प्रमुख पाटो धार्मिक र सांस्कृतिक नै हो । यो आजको विश्वको एक जल्दोबल्दो पर्यटकीय हबका रूपमा स्थापित भइरहेको छ । बालीमा रामायण नाटक मञ्चन गरी पर्यटकलाई आकर्षित गरिएको छ । देवीदेवताको मन्दिर–प्रतिमाको नजिक वा तोकिएको ठाउँमा तथा घरको प्रवेश द्वारमा पूजा भइरहेको देख्न सकिन्छ । बालीले जसरी संस्कृतिलाई पर्यटनसँग जोेड्न सकेको छ हामीले त्यसरी जोड्न सकेका छैनौं । सम्भावना बालीमा भन्दा बढी छ किनकि यहाँको संस्कृतिमा विविधता छ । प्रयासै नभएको होइन, तर सांस्कृतिक पर्यटनलाई अलग विधामा रूपमा बढाउन प्रयास गरिएको छैन । राम्रोसँग व्यवस्थापन गर्ने हो र संस्कृतिलाई दिगो पर्यटनसँग जोडेर प्रडक्ट निकाल्ने हो भने वर्षेनि थप हजारौं हजार पर्यटक तान्न सकिन्छ । नेपालमा पर्यटनलाई विविधीकरण गर्न र प्रवर्द्धनको माध्यम बनाउन हरेक क्षेत्रलाई पर्यटनसँग जोड्न आवश्यक छ । नेपालको धार्मिक, सांस्कृतिक र जीवनशैलीसँग जोडेर पर्यटन प्रडक्ट ल्याउन आवश्यक छ । हामीले यहाँका चाडपर्वका लागि मात्रै लक्षित गरी पर्यटक ल्याउने योजना बनाई त्यसअनुसार प्रचार गर्नेतर्फ लाग्नुपर्छ । यस्तो पर्यटनमा प्रतिस्पर्धा पनि कम हुने हुँदा तुलनात्मक रूपमा लाभ पनि बढी छ । तर, यसका लागि पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सरकारले विशेष रणनीति बनाउन आवश्यक देखिन्छ ,पर्यटनसँग चाडपर्वलाई जोड्न चाडपर्व मनाउने सम्बद्ध जातजाति र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक हुन्छ । चाडपर्वहरू सामाजिक एकता बढाउन तथा पारिवारिक मिलनमा केन्द्रित हुन्छन् । त्यसो हुँदा त्यसलाई व्यावसायिक बनाउन केही विशेष खाकाहरू बनाइनुपर्छ र त्यसका लाभ व्यवसायी र स्थानीय समुदाय दुवैले पाउनुपर्ने खालको हुनुपर्छ । भुटान तथा तिब्बतले पनि चाडपर्व पर्यटन (फेस्टिवल टुरिजम)को प्रवद्र्धन गरिरहेका छन् । । भुटानमा यस्तो पर्यटन प्याकेज महँगोमा विक्री भइरहेको छ । यसकै आडमा उसले महँगा पर्यटकलाई मात्र आफ्नो देशमा भित्रिन दिएको छ । नेपालले दशैंलाई नै पर्यटकीय प्याकेज बनाएर बेच्न सक्छ । त्यस्तै तिहारको देउसी भैला, रोपाइँ जात्रा, फागुपूर्णिमा, इन्द्रजात्रा र गाईजात्राजस्ता चाडपर्वहरूलाई पर्यटकीय प्याकेजका रूपमा विकसित गर्न सकिन्छ । पदयात्रामा आउने, दृश्यावलोकनका लागि आउने पर्यटक त्था विदेशी कूटनीतिज्ञहरू नेपालीका चाडपर्वमा संलग्न भएको र अत्यन्तै रमाएको पाइएको हुँदा यसको सम्भावना र औचित्य बारे पर्यटन व्यवसायी र सरकार यसबारे बेखबर छैनन् । तर यसबाट लाभ लिन प्रभावकारी नीति चालिएको छैन । स्पेनमा गोरु जुधाएको हेर्न विश्वभरबाट नै पर्यटक ओइरिने गरेका छन् । यो पर्यटकीय प्याकेज हुन्छ भने हरेक वर्ष माघे संक्रान्तिमा हुने गोरु जुधाईलाई पनि पर्यटकीय प्याकेज बनाउन सकिन्छ । सबै धार्मिक, कलासंस्कृति, ऐतिहासिक विषयवस्तु विदेशी पर्यटक आकर्षण गर्न पर्यटकीय प्याकेज बन्न सक्छ । चाहे तीज होस्, चाहे मुस्ताङमा हुने पद्मसम्भवको माक्स डान्स होस् वा हिमाली क्षेत्रमा हुने बौद्ध संस्कृतिका चाडपर्व ओऊन् ती सबैमा पर्यटक तान्न सक्ने क्षमता छ । झट्ट हेर्दा यस्ता पर्यटक थोरै आउने सम्भावना देखिन्छ । त्यही भएर यसमा व्यवसायीको ध्यान नगएको हुन सक्छ । तर, राम्रोसँग व्यवस्थापन गर्ने हो र यसलाई दिगो पर्यटनसँग जोडेर प्रडक्ट निकाल्ने हो भने यसकै लागि मात्रै वर्षेनि हजारौं हजार पर्यटक तान्न सकिन्छ । अध्ययन अनुसन्धन गरेर सही रणनीति लिने हो भने लाखौं पर्यटक यसका लागि मात्रै ल्याउन सकिन्छ । नेपालमा मौलिक चाडपर्वहरू वर्षैभरि मनाइन्छन् । विदेशीहरूका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । विभिन्न चाडपर्वलाई क्यालेन्डरमै राखेर व्यवसायीले पर्यटकलाई थप आकर्षित गर्न खोजेको पाइन्छ । तर, यसमा उल्लेख्य सफलता प्राप्त हुन सकेको छैन किनभने उचित रणनीति र प्याकेज तथा तिनको प्रचारप्रसार हुन सकेको छैन । नेपाललाई पवित्र भूमिको रूपमा प्रचार गर्न केही थप कसरत पनि आवश्यक छ । अहिलेकै जस्तो गन्जागोलमा चाडपर्वको पर्यटन फस्टाइहाल्न भने सक्दैन । यसका लागि यहाँको सामाजिक परिवेश आदिमा पनि ध्यान दिनु आवश्यक हुन्छ । पर्यटनसँग व्यवसायीमात्र होइन, स्थानीय बासिन्दा पनि जोडिन आवश्यक हुन्छ जसका लागि थप व्यवस्थापन र नीति आवश्यक पर्छ । त्यसो त नेपाल पर्यटन बोर्ड हरेक वर्ष हुने नेपाली कला संस्कृति र चाडपर्वको क्यालेन्डर नै बनाएर प्रवद्र्धन नगरेको होइन । बोर्डले १ वर्षभित्र भएका र हुने सबै चाडपर्व तथा सांस्कृतिक गतिविधिको क्यालेन्डर बनाउने गरेको छ । व्यक्तिगत रूपमा केही पर्यटन व्यवसायीले निमन्त्रणा गरेरै चाडपर्वमा पर्यटक भित्र्याएको पनि पाइन्छ । तर, संस्थागत रूप भने लिन सकेको छैन । पर्यटकहरूले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरू रुचिपूवर्क अवलोकन गर्ने गरेका छन् । नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या ठूलै छ । धर्म र चाडपर्वको सम्बन्ध छ । नेपालमा धार्मिक पर्यटकको संख्या बढिरहेको छ । तर, यस्ता पर्यटकलाई पनि हाम्रा चाडपर्वसँग जोड्न सकिएको छैन । ती विशुद्ध धार्मिक कार्यका लागि मात्र आउने गरेका छन् । भारतीय वा अन्य देशका हिन्दू र बौद्ध धर्मावलम्बी नेपालमा आए पनि तिनले नेपालका चाडपर्वको भिन्नता थाहा पाउन सक्दैनन् । दशैं, तिहार, तीज वा अन्य चाडपर्व नेपालको मौलिक छ । त्यसमा विश्वका हिन्दूहरूलाई आकर्षित गर्नेगरी प्याकेज बनाउनेतर्फ कसैको पनि ध्यान गएको छैन भन्न सकिन्छ । चाडपर्वमा धनी छौं भनेर हामी गर्व गर्छौं । यस्तै गर्व प्राकृतिक सुन्दरता र स्रोतमा पनि गर्छौं । तर तिनको आर्थिक सम्भाव्यता दोहनमा भने हामी रचनात्मक बन्न सकिरहेका छैनौं । त्यसैले नवीन पर्यटन प्याकेजका लागि चाडपर्व र पर्यटनलाई जोड्नेबारे अध्ययन र नीति निर्माण तथा कार्यान्वयनमा लाग्नु आवश्यक छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो । सो …

भक्तपुरमा ११ दिने औद्योगिक, सांस्कृतिक तथा पर्यटन महोत्सव हुने

आउँदो नयाँ वर्ष ०८० सालको अवसर पारेर भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–०७९/८०’ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना र भक्तपुर...

भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८० हुने भएको छ।...

अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव

अर्घाखाँची – अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ। अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्था अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ। महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका […]

विश्व पर्यटन दिवस : वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना

काठमाडौँ– विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा वृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ५०० भन्दा धेरै कलाकारको प्रस्तुतिसहित ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह-आयोजनामा बृहत सांस्कृतिक मेला हिजो मंगलबार पाटन दरबार क्षेत्र मंगलबजारमा भएको हो ।  सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका १०० जना भन्दा धेरै कलाकारहरूले कार्तिक डबली परिसरको मन्दिर तथा खुला […]

आज विश्व पर्यटन दिवस : ललितपुरमा बृहत् सांस्कृतिक मेला

काठमाण्डाै – आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘पर्यटनमा पुनर्विचार गरौ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाउन लागिएको हो ।  पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला 'ललित कार्निभल'को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा आज सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो । आज बिहान पर्यटकहरूलाई स्वागत गरेर शुरू हुने सांस्कृतिक मेलामा ललितपुर महा...

सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा ५ करोडको कारोबार

नयाँ वर्ष २०७९ को आगमनसँगै भक्तपुरमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सवमा करिब ४ लाख आगन्तुकहरूले भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला गएरातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने

भक्तपुर– भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने भएको छ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो ।  मेला सल्लाघारी तीनकुनेमा हुनेछ ।  मेलाका लागि […]

भक्तपुरमा छैठौं औद्योगिक, सांस्कृतिक तथा पर्यटन मेला हुने

भक्तपुरमा छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला   हुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्या चैत्र २४ देखि वैशाख ४ सम्म मेला हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा

तेमालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको पहल

बनेपा । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान रहेको तेमाल डाँडामा गुम्बा निर्माण भएको छ । तेमाल गुरु रेन्पोछेको (गुरु पद्म संभवको पवित्र भूमि) भएकाले त्यसको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको हिसाबले सो गुम्बाले बाह्य तथा आन्तरिक पर्यटन आकर्षण गर्न टेवा पुर्‍याउने छ । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ योगरका स्थानीय बासिन्दाले तीन दशक अगाडि बनाएको गुम्बा […]