काठमाण्डाै – कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आज (शनिवार)देखि धनकुटाको भेडेटारमा तीन दिने फूड फेस्टिवल शुरु भएको छ ।
अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिवलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फूड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायक...