ऐलानी जग्गाका घरटहरामा नगरपालिकाको डोजर (तस्वीरसहित)

सल्यान : सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर लगाएर भत्काएको छ। आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका-१ श्रीनगरस्थित बसपार्क क्षेत्रका अनधिकृत घरटहरामा सोमबार नगरपालिकाले डोजर लगाएर भत्काएको हो।नगरपालिकाले श्रीनगर बजारनजिक रहेका सरकारी पर्ती‚ ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका १ सय ५० भन्दा बढी घरटहरा हटाइएको जनाएको छ।पहिलो चरणमा ३५ रोपनीमा बनाइएको घरटहरामा डोजर चलेको मेयर प्रकाश भण्डारीले जानकारी दिए। मंसि