कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गअन्तर्गत मछेली खोलाको वन क्षेत्रमा इको पार्क निर्माण विवादमा परेको छ । पार्क निर्माणका नाममा घना वन क्षेत्र अतिक्रमण हुन थालेपछि चार महिनादेखि काम रोकिएको हो । आफूहरूसँग समन्वय र सहमति नभएकाले काम रोकेको डिभिजन कार्यालयले जनाएको छ ।