चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

लघु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । ‘जुनतारा’ मिडिया प्राली बागलुङले बालविवाह र महिला हिंसाका विरुद्ध निर्माण भएको चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो । जिल्लाको बढी बालविवाह हुने क्षेत्रलाई लक्षित गरी समुदायका व्यक्ति तथा विद्यालयको माथिल्लो कक्षामा अध्ययतरत विद्यार्थी सहभागी …

सम्बन्धित सामग्री

बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्छ : आरजू राणा

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापित डा. आरजू राणा देउवाले बालविवाह अन्त्यका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताएकी छन् । बालविवाह अन्त्यविरुद्ध ६ प्रदेशका १६ जिल्लामा अभियान चलाउँदै आएको वर्ल्ड भिजन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डा. देउवाले सामाजिक सचेतनाका साथै कानूनी रुपमा प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताइन् […]

बालविवाह नियन्त्रण तथा महिला सशक्तीकरणमा मधेस सरकार गम्भीर : मुख्यमन्त्री यादव

मधेस प्रदेश सरकारले बालविवाह तथा महिला सशक्तीकरणमा गम्भीर रहेको बताएका छन् ।

बालविवाह नियन्त्रणमा पालिकाको अभियान

निस्दी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न निरन्तर सचेतना तथा कानुनी कारबाही अभियान सञ्चालन गरेको छ। बालविवाहलाई निरुत्साहित गर्न गाउँपालिकाले विवाहित जोडी छुट्याउने, भोज बहिष्कार तथा कानुनी कारबाहीलाई अगाडि बढाएको हो। सो अभियान अन्तर्गत गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिला–पुरुषलाई सम्मान गरेर उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न जोड दिएको छ। कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेकालाई गाउँपालिकाले यो वर्ष सम्मान गरेको हो। बालविवाहलाई निरुत्साहित गर्दै २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने सन्देश दिन पालिकाले सम्मान कार्यक्रम गरेको हो।

सल्यान : विवाह गर्नुअघि वडाको सिफारिस लिनुपर्ने

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ। उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह...

बालविवाह नियन्त्रण गर्न नयाँ विकल्पको खोजी गर

बालविवाह नियन्त्रणका कुरा केवल नारा, ऐन, कानुन र भाषणमा मात्र सीमित भएको कुरा इलाम जिल्लाको सदरमुकामको एक विद्यालयमा पढ्दै गर्दा प्रेमविवाह गरेकी तर हाल सम्बन्ध विच्छेद गरी पुनः अध्ययनमा फर्किएकी किशोरीको जीवन व्यवहारले प्रस्ट पारेको छ । कक्षा ८ मा पढ्दै गरेकी एक १४ वर्षीया किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरी २ महिनापछि सम्बन्ध बिच्छेद […] The post बालविवाह नियन्त्रण गर्न नयाँ विकल्पको खोजी गर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

काठमाडौँ,९ असार । बालविवाह नियन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको ‘स्मार्ट छोरी कार्यक्रम’ निकै प्रभावकारी देखिएको छ । उपमहानगरपालिकाले कार्यविधि नै पारित गरी विसं २०७७ मा स्मार्ट छोरी कार्यक्रम ल्याएको थियो । उपमहानगरपालिकाको ‘स्मार्ट छोरी विहेवारी २० वर्ष पारी’ कार्यक्रम सञ्चालन कार्यविधि २०७७’ कार्यपालिकाको ९५औँ बैठकले पारित गरेपछि कार्यक्रम सुरु भएको हो । कार्यविधिमा २०७७ […]

‘बालविवाह नियन्त्रण गर्न सचेतना आवश्यक’

मोरङ – बालविवाह नियन्त्रणका लागि सचेतनाको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको बालविवाहविरुद्धको प्रादेशिक रणनीतिसम्बन्धी अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आर्थिक सशक्तिकरणसँगै लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेकोमा जोड दिएका थिए। प्रमुख जिल्ला अधिकारी दाहालले बालविवाह नियन्त्रणका लागि रणनीतिक रूपमा कार्यान्वयन पक्षलाई ध्यान […]

प्रभावकारी बन्दै ‘छोरी खाता’ कार्यक्रम

रुकुम पश्चिम – बालविवाह नियन्त्रण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारद्वारा लागू गरिएको छोरी खाता सञ्चालन कार्यक्रमअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । गएको वर्ष जम्मा एक सय ५४ जनाको मात्र निवेदन प्राप्त भएकोमा यस आर्थिक वर्षको साउन महिनायता तीन सय ६४ जनाले निवेदन दिएका छन् ।  ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने नाराका साथ कर्णाली प्रदेश सरकारद्वारा यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत नगरपालिका क्षेत्रमा बसोबास गर्ने आमाबाट जन्मिएका छोरीहरुको...

बालविवाह नियन्त्रण चुनौतीपूर्ण

बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ नारा समुदायस्तरमा व्यावहारिक परिपालना गराउन सरोकार निकायमा चुनौती देखिएको छ । जिल्लाका सचेत युवकयुवती, किशोरकिशोरी र बालबालिका संस्थागतरुपमा जनेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मुसलमान तथा मधेशी समुदायमा बालविवाह रोक्न सकिएको छैन ।