रुकुम पश्चिम – बालविवाह नियन्त्रण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारद्वारा लागू गरिएको छोरी खाता सञ्चालन कार्यक्रमअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । गएको वर्ष जम्मा एक सय ५४ जनाको मात्र निवेदन प्राप्त भएकोमा यस आर्थिक वर्षको साउन महिनायता तीन सय ६४ जनाले निवेदन दिएका छन् ।
‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने नाराका साथ कर्णाली प्रदेश सरकारद्वारा यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत नगरपालिका क्षेत्रमा बसोबास गर्ने आमाबाट जन्मिएका छोरीहरुको...