‘बालविवाह नियन्त्रण गर्न सचेतना आवश्यक’

मोरङ – बालविवाह नियन्त्रणका लागि सचेतनाको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन्। प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको बालविवाहविरुद्धको प्रादेशिक रणनीतिसम्बन्धी अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आर्थिक सशक्तिकरणसँगै लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेकोमा जोड दिएका थिए। प्रमुख जिल्ला अधिकारी दाहालले बालविवाह नियन्त्रणका लागि रणनीतिक रूपमा कार्यान्वयन पक्षलाई ध्यान […]

सम्बन्धित सामग्री

बालविवाह नियन्त्रणमा पालिकाको अभियान

निस्दी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न निरन्तर सचेतना तथा कानुनी कारबाही अभियान सञ्चालन गरेको छ। बालविवाहलाई निरुत्साहित गर्न गाउँपालिकाले विवाहित जोडी छुट्याउने, भोज बहिष्कार तथा कानुनी कारबाहीलाई अगाडि बढाएको हो। सो अभियान अन्तर्गत गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिला–पुरुषलाई सम्मान गरेर उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न जोड दिएको छ। कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेकालाई गाउँपालिकाले यो वर्ष सम्मान गरेको हो। बालविवाहलाई निरुत्साहित गर्दै २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नु पर्छ भन्ने सन्देश दिन पालिकाले सम्मान कार्यक्रम गरेको हो।

चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

लघु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । ‘जुनतारा’ मिडिया प्राली बागलुङले बालविवाह र महिला हिंसाका विरुद्ध निर्माण भएको चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो । जिल्लाको बढी बालविवाह हुने क्षेत्रलाई लक्षित गरी समुदायका व्यक्ति तथा विद्यालयको माथिल्लो कक्षामा अध्ययतरत विद्यार्थी सहभागी …