छिमकी मुलुक भारत र चीनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेसँगै नेपालमा बुस्टर खोप लगाउनेको सङ्ख्या बढ्न थालेको छ । नेपालमा हाल ६६.४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाए पनि करिब ३१ प्रतिशत नागरिकले खोप लगाएका छैनन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा पछिल्लो समय बुस्टर डोज लगाउने भन्दा पहिलो र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या नै न्यून छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार गएको २४ घण्टामा ७२ हजार ६८९ मात्रा खोप लगाएका छन्