एसिया तथा प्रशान्त क्षेत्रमा सामाजिक सुरक्षाको दायराबाहिर रहेका आधाभन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा दायरामा ल्याउन आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ)का अनुसार अरब क्षेत्रमा ६० प्रतिशत र एसिया तथा प्रशान्त क्षेत्रमा ५० प्रतिशत मानिस सामाजिक सुरक्षाको दायराभित्र रहेका छन् ।