गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठक१२ बँुदे निर्णय गर्दै समापन भएको छ । बैठकमा २३ देशका करिब २५० जना गैरआवासीय नेपालीहरूको सहभागिता थियो ।
बैठकले नेपाली मूलका विदेशी नागरिकहरूलाई समेत नेपालको विकासका साझेदार बनाउन पहल गर्ने निर्णय गरेको छ । साथै नेपालको कला, संस्कृति, भाषा, रहनसहन सहितको आफ्नो पहिचान कायम राख्न म्यान्मारका नेपालीगोरखा समुदायको सफलताको बैठकले उच्च सम्मान गरेको छ ।