काठमाण्डाै – नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले 'ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टाभी)' विधिबाट मुटुमा कृत्रिम भल्भ राख्ने गरेको छ । यसअघि यस कृत्रिम भल्भ राख्न बिरामी भारतसहित अन्य देश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्भ नेपालमा नै राख्ने गरेका छन् ।
हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले अहिलेसम्म छ जना बिरामीको मुटुको क...