‘विदेश जाने मायालु’ गीत हिट तर ‘दीपक थापा’ गुमनाम

‘विदेश जाने मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो तिम्रो साथीलाई के को पीर जिउँदै मर्ने यो अभागी देखेर…’ यो गीत ४० को दशकमा निकै चर्चित थियो। जतिबेला लाहुरे हुने र विदेश जाने प्रचलन विस्तारै बढ्दो क्रममा थियो। त्यही परिवेशमा दीपक थापाले ‘विदेश जाने मायालु’ सिर्जना गरेर पोखरामा हुने कार्यक्रमहरूमा गाउन थाले। रेकर्ड नहुँदै उनले पहिलोपटक […]

सम्बन्धित सामग्री

कसो नआउला समाजवाद

यसै हप्ता आठौं संविधान दिवस देशभरि राष्ट्रिय छुट्टी गरेरै मनाइयो । संविधानको एउटा मूल लक्ष्य समाजवाद भनेर लेखिएको छ । तर संविधानमा लेखेर के गर्नु ? समाजवाद हामीलाई निकै महँगो पो भइराछ त । अझ समाजवादले धनीलाई भन्दा गरीबलाई पो रुवाइराछ । दुई–चार वर्ष अघिसम्म त ठीकै थियो । सरकारले भन्थ्यो कि हामीसँग पर्याप्त स्टक छ र यथासमय आवश्यकता अनुसार बजारमा सामान पठाउँछौं । हिजो बजार गुल्जार नै थियो । कुनै पनि पसलमा गएर समाजवाद माग्यो भने उसले तौलेर धेरै थोरै दिन्थ्यो नै । ठूलो प्याकेटदेखि सानासम्म उपलब्ध थियो । देशमा उत्पादन पनि भइरहेको थियो र खपत धेरै थिएन । मन्त्रीहरू पनि भाषण गर्दै हिँड्थे कि ‘हामी समाजवादतर्फ उन्मुख छौं र चाँडै देशबाट निर्यात पनि गर्छौं ।’ माक्र्सले पूँजीवादपछि समाजवाद आउँछ भन्थे । माओले सामन्तवादपछि समाजवाद आउँछ भन्थे । तर हाम्रा समाजवादीले सीधै समाजवाद ल्याउने ट्याक्टिस सिकेजस्ता छन् । अर्थात् नेतृत्व वर्गजति सबैलाई धनी बनाइसकेपछि आउने समाजवाद क्या ! तर हिजोआज समाजवादलाई रोग लागेको हो कि भोग लागेको हो वा षड्यन्त्रमा परेको हो, बत्ती बालेर खोज्दा पनि कतै भेटिइरहेको छैन । समाजवादका ठेकेदारहरूका कार्यालयहरू पनि हिजोआज सुनसान छन् । माक्र्स, लेलिन, स्टालिन र माओका तस्वीरका ठाउँमा व्यापारी र बिचौलियाहरूका फोटा टाँगिएका छन् । सिंहदरबार जो समाजवादका उत्पादन र वितरणको सबैभन्दा ठूलो केन्द्र हो, त्यहाँ पनि मूर्दा शान्ति छ । कसैले समाजवादको माग गर्‍यो भने उसलाई ‘महँगी, भ्रष्टाचार र गरीबी निवारण कसरी गर्ने’ भन्ने भाषणको किताब वा ‘फलानो सरकारको उपलब्धि’ भन्ने किताब थमाइन्छ । हिजोआज समाजवादलाई रोग लागेको हो कि भोग लागेको हो वा षड्यन्त्रमा परेको हो, बत्ती बालेर खोज्दा पनि कतै भेटिइरहेको छैन । समाजवादका ठेकेदारहरूका कार्यालयहरू पनि हिजोआज सुनसान छन् । माक्र्स, लेलिन, स्टालिन र माओका तस्वीरका ठाउँमा व्यापारी र बिचौलियाहरूका फोटा टाँगिएका छन् । मैले समाजवादका एक प्रमुख वितरकलाई सोधेँ, ‘खोइ त समाजवाद कहाँ छ ? अलिकति पाउन सक्छु ?’  उनले भने, ‘शुद्ध समाजवाद त विश्व बजारमै कतै छैन । यहाँ तपाईंलाई कहाँबाट ल्याएर दिम् ?’ मैले फेरि सोधेँ, ‘समाजवाद त सबै तपाईंहरूले चुनावमा मात्र वितरण गर्ने भनेर स्टक लुकाएर राख्नु भा छ रे नि त ?’ उनले भने, ‘हेर्नुस्, गोदाममा स्टक आउट छ । किनकि हिजोआज विदेशबाट कागज आयात रोकिएको छ । कागजको कमीकै कारण समाजवादका उत्पादनहरूमा ठूलो धक्का लागेको छ । किनकि वास्तविक समाजवाद त कागजमै त अडेको हुन्छ । कागजको कमी भएकाले सबै उत्पादन नै बन्द भयो । कागज आउनासाथ फेरि समाजवाद बजारमा आउँछ ।’ तर, समाजवाद लागू गर्ने समाजवादी तरीका पनि खतरा छ भन्या । महँगीले भाउ बढ्दै गैराछ, मान्छे घट्दै गैराछन् । सरकारको राम्रो बानी यो छ कि महँगीसँग लड्न भनेर थप कर लगाउँछ । तर कर लगाउने बेला सर्वसाधारण, गरीब, निमुखाको खुब ख्याल गर्छ । त्यसो त सरकारले बजेट बनाउँदा पनि गरीबलाई ध्यान दिएरै बनाउँछ । गरीबलाई कर नै लगाउँदैन । धनीलाई मात्र लगाउँछ । तर खर्च बढेको देखेपछि धनीले आफ्ना उत्पादनका भाउ बढाइदिन्छन् । त्यसको मूल्य भने फेरि गरीबले नै चुकाउँछन् । यसरी गरीब झन् गरीब हुँदै जान्छ, अनि सरकार पनि पक्का समाजवादीमा दरिँदै जान्छ । तर बदनाम भने पूँजीवाद हुन्छ । यता मूल्य बढ्दै जान्छ, उता समाजवाद बलियो हुँदै जान्छ र व्यापारी अझ प्रसन्न बन्दै जान्छन् । वास्तवमा समाजवादको तीनखम्बे अर्थनीति भनेको शायद यही होला । दशैं नजिकिँदै छ । उपभोक्ताहरू चिनी, नून, खाद्यान्नका लागि लाइनमा छन् । त्यसो त नेपालीहरू सधैं कुनै न कुनै लाइनमै रहन्छन्, कि त लाइसेन्स लिने लाइनमा, कि पासपोर्टको, कि राष्ट्रिय परिचयपत्रको, कि पेट्रोलियमको, कि विदेश जाने लाइनमा । वास्तवमा पूरा देश अनुशासित, पंक्तिबद्ध र लामबद्ध भएर समाजवादलाई सफल बनाउन प्रतिबद्ध छ । यसरी समाजमा एकता छाएको छ । झीनामसिना झगडाहरू समाप्त भएर गएका छन् । अनेकतामा एकता आएको छ । किनकि के यो वा त्यो जात वा धर्म, सबै एउटै लाइनमा जो छन् । अहिले त केवल महँगी बढिरहेको छ । महँगी पनि त नेपाली समाजवादको उपलब्धि हो नि । दलहरूको साना दु:खले अज्र्याको हो र ? महँगी बढेकै कारण सर्वसाधारणका घरहरूमा चियामा चिनी कम हुँदै गइरहेको छ । यो सुगरको रोगी घटाउने समाजवादी टिडिक हो नि । मोटरसाइकलमा पेट्रोल कम हुँदै गइरहेकोे छ भने अखबारमा कागज कम । किचेनबाट तरकारी, फलफूल गायब हुँदै छन्, बाथरूमबाट साबुन । सबैतिर समाजवाद आउँछ, देशले प्रगति गर्छ अनि मन खोलेर लाउँला, खाउँला भनेर प्रतिक्षारत छ देश । सर्वसाधारण त सरकारको हालत देखेर चिन्तित पनि छ । ऊजस्तै सरकारले पनि आफ्नो खर्च धान्न सकिरहेको छैन । समाजवाद आउने त पछिको कुरा भयो । अहिले त सरकारलाई नै कर्मचारीको तलब र अफिसको खर्च जुटाउनै धौ धौ परिसकेको छ । त्यसैले सरकारले जनतामाथि करमाथि कर लगाउँदै गइरहेको छ, ताकि पैसा आओस् । सर्वसाधारण करको बोझ उठाउँछ । तर करको वजन धेरै भएका कारण उसले आफ्नो किनमेल कम गर्छ । यसबाट फेरि सरकारलाई नै नोक्सानी हुन्छ । अनि सरकारलाई खर्च पुग्दैन र ऊ फेरि थप कर लगाउँछ । सरकारले यो सबै जनताप्रति हार्दिक सद्भावनाका कारण नै गरिरहेको छ । सहानुभूति, कर र बढ्दो भाउ । सहानुभूति, कर र फेरि बढ्दो भाउ । यो एउटा राष्ट्रिय चक्कर भएको छ, जो वर्षौंदेखि चलि नै रहेको छ । सर्वसाधारण यै चक्करमा दाइँमा घुम्ने गोरु झैं घुमेको घुम्यै गरिरहेका छन् । हिजोआज पृथ्वीले चक्कर लाउने कार्य बन्द गरेको छ । मान्छेहरू चैं चक्कर लाउन थालेका छन् । यो घनचक्कर केवल अर्को एक दिन कसरी गुजारा गर्ने भन्नेमा सीमित छ । यसरी अभाव र महँगीमा मान्छेहरूले समाजवाद पनि बिर्सन सक्छन् भन्ने कुरा काका कार्लमाक्र्सले कल्पना पनि गरेका थिएनन् होला । तैपनि देशमा समाजवादको गीत हिट भइराको छ भन्या ! यो देखेर ताज्जुब लाग्छ, गज्जब लाग्छ । समाजवादले कस्तो लठ्याएको क्या ! आफ्नो दुनो सोझ्याउने अनि दुनियाँको दुनामा समाजवाद पस्कने ? अब यसै भएन । बरु तपाईं पनि आउनुस् समाजवादी बन्ने र बनाउने लाइनमा । अनि बेच्न थाल्नुस् समाजवाद । समाजवादमै सुत्नुस्, समाजवादमै उठ्नुस् । यति गरेपछि संविधानमा लेखेको समाजवाद कसो नआउला त हँ ?

भिडियोमा चाहिँदैन भो पैसाको थुप्रो

गायक सुदन गैह्रेले नयाँ गीत चाहिँदैन भो पैसाको थुप्रो नी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि विदेसिनु पर्दैन, विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ । गीतमा शब्द रचना गणेश शाहीको रहेको छ भने संगीत गायक स्वयम गैरेकै र संगीत संयोजन पुष्कर सुनुवारको […]

खुसी खोज्दै विदेशिन बाध्य नेपालीको कथा ‘बस है पियारी’

पोखरा । पछिल्लो समय खुसी भित्राउने लालसामा वर्षेनी थुप्रै नेपाली युवाहरू विदेशिने गरेका छन् । विदेश जाने प्रत्येक युवाहरूको आफ्नै कथा, व्यथा र बाध्यताहरू रहेका छ । अधिकांश नेपालीहरू दसैँलाई महान् चाडको रूपमा मनाउँछन् । वर्षौँदेखि विदेशिएका नेपालीहरू दसैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरूको बाध्यता यस्तो छ कि दसैँको संघारमै विदेशिनुपर्ने बाध्यता छ । यस्तै कथा व्यथालाई समेटेर गीतकार आकाश दाहालले ‘बस है पियारी, घरबारै स्याहारी’ बोलको गीत सार्वजनिक गरेका छन्

‘गीत गाउने पैसा कमाउन विदेश जाने सोचमा थिएँ’

‘जिरो फिगर छौ तिमी सिलिममा हिरोइन खेल नेपाली फिलिममा  खैरो कपाल’ कैलो कपाल पाल्न सौखिन सज्जन धामीले यही गीत गाएर संगीत क्षेत्रमा प्रवेश गरेका हुन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम पंचदेवल विनायक नगरपालिका– २ मा २०५२ असार २५ गते जन्मिएका धामी अहिले गीत संगीत क्षेत्रमा संघर्षरत छन्। ...