रुसी फौजले फेरि युक्रेनी राजधानी किभ र पश्चिमी सहर लभिभलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ । केही दिनअघि रुसले आफ्नो आक्रमणको उद्देश्य पूरा भएको दाबी गर्दै बन्दरगाह सहर मरिउपोलमाथि आक्रमण केन्द्रित पारको थियो । रुसले गत बिहीबार मरिउपोल सहरमाथि नियन्त्रण कायम गरेको जनाएको थियो ।