सर्वोच्च अदालतले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का २० मन्त्रीलाई पदमुक्त गरेसँगै एकाएक राजनीतिक घटनाक्रम तातिन पुगेको छ । सर्वोच्चको आदेशसँगै पदमुक्त मन्त्रीहरू बालुवाटार पुगेका छन् ।
उनीहरु पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्री पदमुक्त हुने आदेश दिएको थियो ।
आदेशपछि ओलीले छलफलका लागि भन्दै मन्त्रीलाई बालुवाटार बोलाएपछि उनीहरु त्य...