सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार साहलाई पदमुक्त गर्न नेकपा (एमाले)ले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारवाही गर्न भनिएको छ …