प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषदको विस्तारलाई खारेजी गर्ने सर्वाेच्च अदालतको आदेशलाई नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले स्वागत गरेको छ । मसलका महामन्त्री मोहनविक्रम सिंह विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशको स्वागत गरेका हुन् । मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले थपेका २० जना मन्त्रीलाई पदमुक्त गरेको थियो ।मन्त्रिपरिषद विस्तारको निर्णयहरूलाई खारेज गरेर सर्वाेच्च अदालतले प्रशंसनीय काम गरेको भन्दै त्यसबाट संविधानको रक्षामा महत्वपूर्ण योगदान पुगेको सिंहको भनाइ छ