जसपाका ३ मन्त्रीले लिए शपथ

काठमाण्डाै – नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।   जनता सामाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएकाे छ ।  जसपाले कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई...

सम्बन्धित सामग्री

जसपाको प्रदेश सांसद यादवले लिइन् शपथ

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज (बुधवार) पद तथा गोपनियताको शपथ लिएकी छन्।उनलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथग्रहण गराए। शपथग्रहणपछि उनलाई सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले बधाई तथा शुभकामना दिए।समानुपातिक तर्फबाट सांसद रहेकी विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहाकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको हो।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज शपथ लिने

धनुषा :मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले आज मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। १०७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल संघीय

जसपाकी प्रदेश सांसदले लिम्बु भाषामा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा शपथ लिने भएकी छिन् । यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा शपथ लिएका थिए । प्रतिनिधि सभामा १२ सांसद रहेका जसपाको प्रदेश १ मा एक जना मात्र सांसद रहेकी छिन् ।

जसपाका सांसदहरुले जातीय पहिचान झल्किने पोशाकमा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालका सांसदहरुले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन् । सबैको पहिचान र अस्तित्वको सवाललाई प्रार्थमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदहरुले शपथ लिने कुरा स्वभाविक रहेको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।  यद्यपी सांसदहरुलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनौटको सुविधा भने रहेको उनले बताए । शपथ लिँदा केही सांसदहरुले मातृभाषामा पनि लिने उनको भनाइ छ ।

जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने

जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फका सांसदहरूले मातृभाषामा शपथ लिने भएका छन् । जसअनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरी, रञ्जु ठाकुरले मैथीली भाषामा शपथ लिने छन् । यस्तै राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, रेखा यादवले नेपाली भाषामा शपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाका तीन मन्त्रीको शपथ

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा मन्त्रीहरुलाई शपथ गराएकी हुन् । शपथ लिएकाहरुमा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण छन् । यसपटक जसपाबाट ४ मन्त्री […]

जसपाका तीन मन्त्रीलाई फिर्ता बाेलाएर नयाँ मन्त्री नियुक्त, शपथ आजै

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा गएका तीन जना मन्त्री फिर्ता भएर नयाँ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादवलाई नियुक्त गर्नुभएको हो । नयाँ मन्त्रीहरूको शपथ आजै हुने राष्ट्रपति कार्यालयले जनाएको छ । जसपाले यसअघि कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसह...

नयाँ मन्त्रीहरूको शपथ आजै हुने

काठमाडौँ । जसपाबाट मन्त्री बनेकाहरूको शपथ आजै हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । शपथ ग्रहण साढे चार बजेतिर हुने छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरूमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव […]

नयाँ मन्त्रीहरुको शपथ आजै

२० असार, काठमाडौं । जसपाबाट मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद […]

लुम्बिनी प्रदेशमा जसपाबाट मनोनित सांसद निर्मलाले लिइन् शपथ

बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । रुपन्देही निवासी निर्मलालाई बुधबार सभामुख पूर्णबहादुर घर्तीले शपथ गराएका हुन् ।अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।यसअघि लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्ने