लुम्बिनी प्रदेशमा जसपाबाट मनोनित सांसद निर्मलाले लिइन् शपथ

बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । रुपन्देही निवासी निर्मलालाई बुधबार सभामुख पूर्णबहादुर घर्तीले शपथ गराएका हुन् ।अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।यसअघि लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्ने

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका दुई मन्त्रीकोे सपथ आज

काठमाडौँ  - लुम्बिनी प्रदेश सरकारले थप गरेका दुई मन्त्रीको सपथ आज हुँदैछ । नवनियुक्त मन्त्रीहरूको शपथ भोलि आज ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी...

जसपाका सांसदले लिए अवधी भाषामा शपथ

जनता समाजवादी पाटी (जसपा) नेपालका लुम्बिनी प्रदेश सभा सदस्यहरुले आइतबार अवधी भाषामा शपथ लिएका छन् ।  बाँकेबाट निर्वाचित भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले अवधी भाषामा शपथ लिएका छन् भने समानुपातिक सांसद अम्बिका काफ्लेले नेपाली भाषामा सपथ लिएकी थिइन् । लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसदहरु छन् । शपथ ग्रहण समारोहमा सांसदहरु आ–आफ्नो जाती र समुदाय झल्किने पोसाकमा थिए ।   ...