हेटौंडा : हरेक वर्षजस्तै बाढीपहिरो लगायत विपद् शुरू भइसकेका छन्। कतिपय जिल्लामा विपद्मा परेर केहीको ज्यान नै गइसकेको छ। बेपत्ता हुनेहरू र धनमाल गुमाउनेहरू बढिरहेका छन्।बागमती प्रदेश विपद् उच्च जोखिममा छ। यस प्रदेशको केही जिल्लामा हरेक वर्ष विपद्जन्य घटनाबाट निकै संख्यामा जनधनको क्षति हुने गरेको छ। त्यसमा सिन्धुपाल्चोक पहिलो नम्बरमै रहेको छ।यस वर्ष पनि सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउँदा ठूलो मात्रामा धनको क्षति भएको छ भने धेरै मानिसहरू बेपत्ता भएका छन्। वर्षैपिच्छे यस