बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् ।जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराड