कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरौं

सरकारले आफ्ना स्रोत तथा जनशक्ति परिचालन गरी तत्काल मानव जीवन बचाउन लाग्नुपर्छ । चालू आर्थिक वर्षको बजेट निर्माण गर्ने बेलामा मुलुक कोरोना कहरमा नै थियो । सरकारले पनि बजेट स्वास्थ्य केन्द्रित नै ल्याएको बताएको थियो । चालू आव २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना […]

सम्बन्धित सामग्री

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौं : राष्ट्रपति

वैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।             राष्ट्रपति कार्यालयमा आइतवार आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित २ लाख रुपैयाँ राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिनुभएको हो । महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उहाँले सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताउनुभयो ।             कोभिड–१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पुर्‍याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत् उत्पादन, सिंचाइको व्यवस्था, पर्यटन प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो ।      उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराउनुभयो । महामारी र भूकम्पले शिथिल तुल्याएको विकासको गतिलाई अघि बढाउन तथा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा महत्वपूर्ण हुने बताउँदै उहाँले त्यसनिम्ति पर्याप्त लगानी आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।  साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना संस्थापक प्रमुख कार्यकारी हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो । तत्कालीन श्री ५ को सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको २५ वर्षको सेवामा रहँदा मल्लले संस्थाको श्रीवृद्धिका निम्ति विशेष योगदान गरेका थिए । रासस

कोभिड नियन्त्रणमा नेपालको प्रयास प्रशंसनीय -एडिबी

काठमाडौँ । एसियाली विकास बैङ्क(एडिबी)का उपाध्यक्ष सिक्सिन चेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै नेपालसँगको साझेदारीलाई अझ सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटमा चेनले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने बताएका छन् । पूर्वाधार र मानव विकासमा सरकारको सुधार र लगानीमा ध्यान केन्द्रित गर्दै नेपाललाई सहयोग जारी […]

कोरोनाको तेस्रो लहरविरुद्ध पूर्वतयारी गर्दैै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाकोभाइरस (कोभिड–१९)को तेस्रो लहरविरुद्ध पूर्वतयारी थालिएको छ ।संक्रमणको तेस्रो लहर फैलिन नदिन प्रदेश सरकारले अस्पतालहरुको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैछ । पहिलो र दोस्रो लहरका अनुभवका आधारमा प्रदेश सरकारले तेस्रो लहरसँग जुध्ने तयारीमा ध्यान दिन थालेको हो ।प्रदेशका जिल्लाहरुमा पनि पूर्व कार्ययोजना तयार गर्ने काम भएका छन् । सम्भावित तेस्रो लहरलाई नयाँ तरिकाले व्यवस्थापन गर्ने प्रदेश सरकारको भनाइ छ

मध्यपुरथिमिको नीति तथा कार्यक्रम कोरोनाको तेस्रो लहर केन्द्रित

रासस। मध्यपुरथिमि नगरपालिकाको पाँचौ नगरसभाले आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ। उपप्रमुख अञ्जनादेवी मधिकर्मीले सभामा कार्यक्रमलाई प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा कोभिड–१९को तेस्रो लहरको जोखिमलाई ध्यान दिँदै अस्पतालमा बालबालिकाका लागि बिशेष वार्डको व्यवस्थामा जोड दिइएको छ। कार्यक्रममा पिसिआर परीक्षण निःशुल्क, अक्सिजन सहितको प्राथमिक उपचारको व्यवस्था र गरिब असाहयको कोभिडको निःशुल्क उपचार लगायत समावेश छन्।

खोपका लागि पहल गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्।

कोभिडलाई अन्देखा परेर कुनै आन्दोलनका कार्यक्रम गर्दैनौं : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक संघर्ष गर्दा कोभिड भाइरस संक्रमणको महामारीलाई अन्देखा नगर्ने स्पष्ट पारेको छ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको जीवन रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गरेर कार्यक्रम गर्ने बताए । ‘कोभिडलाई अन्देखा परेर कुनै कार्यक्रम गर्दैनौं, जनतालाई रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गर्दै कार्यक्रम गर्छाैं,’ आन्दोलनका कार्यक्रमबारे स्पष्ट पार्दै प्रवक्ता श्रेष्ठले भने, ‘सबै शक्तिसँग एकतावद्ध भएर र...

जनतालाई कोरोनामुक्त गर्न ध्यान दिऔँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् ।‘‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’’, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (

कोभिड संकट व्यवस्थापनमा ध्यान केन्द्रित गर्न जरोकिलो पार्टीको आग्रह

कोरोना संक्रमणको दोस्रो लहरले जनजीवन आक्रान्त परेको बेला सत्तावृत्तमा रहेका दलहरू निकृष्ट राजनीतिक दाउपेचमा लिप्त भएको घटनाप्रति मौलिक जरोकिलो पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा भइरहेका लज्जास्पद राजनीतिक घटनाप्रति पार्टीले चिन्ता व्यक्त गरेको हो । स्थायी सरकारको नारा दिएर सत्तामा पुगेको दल सत्ताको लुछाचुँडीमै आफ्नो कार्यकालको अधिकांश समय व्यतित गरिसकेको छ । कोरोना संक्रमणको पहिलो लहरमै पर्याप्त तयारी नगरी एउटा गुट विरुद्ध अर्को गुटले शक्ति प्रदर्शन गर्नमै व्यस्त रहे । ए...