नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक संघर्ष गर्दा कोभिड भाइरस संक्रमणको महामारीलाई अन्देखा नगर्ने स्पष्ट पारेको छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको जीवन रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गरेर कार्यक्रम गर्ने बताए ।
‘कोभिडलाई अन्देखा परेर कुनै कार्यक्रम गर्दैनौं, जनतालाई रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गर्दै कार्यक्रम गर्छाैं,’ आन्दोलनका कार्यक्रमबारे स्पष्ट पार्दै प्रवक्ता श्रेष्ठले भने, ‘सबै शक्तिसँग एकतावद्ध भएर र...