चुनावकाे भिडभाडले काेराेना सङ्क्रमण बढ्न सक्छ, सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले चुनाव केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा कोभिड-१९ को सङ्क्रमण दर बढ्नसक्ने बताउनु भयो । उहाँले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उ...

सम्बन्धित सामग्री

‘बीएफ ७’ नेपालमा पुष्टि भएको छैन, तर सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ ‘भेरियन्ट बीएफ ७’ हालसम्म नेपालमा पुष्टि नभएको जनाएको छ।तर छिमेकी राष्ट्रमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि भइरहेकले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।  ‘प्रारम्भिक प्रतिवेदनअनुसार यो भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवं नियन्त्रणका लागि सबै सजग र सचेत हुन जरुरी छ’, मन्त्रालयले भनेको छ

कोभिडको नयाँ भेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै खुला सीमाका कारण संक्रमणको जोखिम रहेकाले सचेत हुन आग्रह गरेको...

निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिन सक्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कोभिड– १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न...

मंकीपक्सको संक्रमण फैलिन सक्छ, सावधानी अपनाउनूः स्वास्थ्य मन्त्रालय

काठमाडौँ – मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ। अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने […]

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत…

कोरोना जोखिम बढ्याे, सतर्कता अपनाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएकाे हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोन

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

अत्यावश्यक कामबाहेक विदेश नजानू - स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को 'ओमिक्रोन' भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म याे भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फर...

केही हप्ता अझै चुनौतिपूर्ण छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले संकटका बेला सबैलाई संयमित र सहयोगी भई एकजुट भएर अघि बढ्न अपिल समेत गरेको छ । निषेधाज्ञाको १९ औं दिन पुग्दा पनि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागेपछि मन्त्रालयले पूर्ण रुपमा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभएको स्पष्ट पार्दै निषेधाज्ञामा ५९ प्रतिशतले मानिसहरुले मात्रै आवतजावतको नियम पालना गरे