काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याउने षड्यन्त्र किमार्थ स्वीकार्य नभएको बताएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अहिले प्रतिगमनको कुरा उठेको छ। प्रतिगमन भनेको राजा ल्याउने हो। राजालाई ल्याउने षड्यन्त्र भइरहेको छ त्यो किमार्थ स्वीकार्य छैन। हामीले समस्या समाधानमा लाग्नुपर्छ।’उनले आफूहरूको पाँच दलीय गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा बनेको दाबी गरे। एमालेले गरेको अर्को गठबन्धनलाई दक