नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दस्तावेजमा चुरे संरक्षणको विषय नसमेटिएको भन्दै समेट्न माग गरिएको छ । बिहीबार प्रदेश २ भवानी थापाले तराइमा विकराल समस्याका रुपमा रहने देखिएको चुरे विनाश र संरक्षणको विषय अध्यक्ष प्रचण्डको दस्तावेजमा नआएको भन्दै समेट्न माग गरेकी हुन् । ‘चुरे संरक्षणको बिषय अध्यक्षको दस्तावेजमा आएन, चुरेका कारणले सिंगो मधेस जोखिममा छ ।यो विषय समेटियोस् भन्ने सुझाव छ’, थापाले सुझाव राख्ने क्रममा भनिन् । त्यस्तै