अफगानिस्तान सरकारले चीनका १० गुप्तचरहरूलाई गुपचुप माफी दिएको छ । उनीहरूलाई चार्टर्ड विमानबाट चीन लगिएको छ ।
यी चिनियाँ गुप्तचरहरूलाई अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी सेल चलाएको आरोपमा पक्राउ गरिएको थियो । सबै गुप्तचरहरू चीनको गुप्तचर संस्था एमएसएससँग आबद्ध रहेको बताइएको छ ।
गत डिसेम्बर महिनामा चिनियाँ गुप्तचर सञ्जालको खुलासा भएको थियो र अफगानिस्तानको सुरक्षा सेवा एनडीएसले उनीहरूलाई हिरासतमा लिएको थियो ।
चीनले माफीको प्रस्ताव गरेमा माफी दिने भनी अफगानिस्तानले बताएको थियो र त्यही भ...