सोमबार ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै गर्दा गुल्मीमा आयोजित एक कार्यक्रममा वक्ताले छुवाछुत मुक्त राष्ट्र घोषणा केवल घोषणामै सीमित रहेको टिप्पणी गरेका छन् । ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ मुल नाराका साथ दलित महिला संघ (फेडो) गुल्मीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले निकट उत्पीडित जातीय मुक्त समाजका अध्यक्ष कृष्ण विश्वकर्माले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको झण्डै २० वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष फितलो भएको बताए ।उनले