थप ४ स्यानिटाइजर उद्योगलाई कारबाही

काठमाण्डाै – औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ । दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले कारबाही गरेको विभागले जनाएको छ । चीन, भारत, काठमाण्डाै र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर ग...

सम्बन्धित सामग्री

संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ

भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न शुरू गरेको छ । कोरोना भाइरस संक्रमण फेरि बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र बुधवारदेखि माइकिङ शुरू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गरिने भएको छ । ‘कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौं, बुधवारदेखि माइकिङ गर्दै छौं, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दै छौं ।’ सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिनेछ । ‘सार्वजनिक यातायातदेखि सार्वजनिक स्थलमा अनुगमन गर्छौं,’ उनले भने । जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए । संकट समाधानका लागि यहाँका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ । भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरियन्ट फेला परेको छ । रासस

स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

जेठ २०, काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।  पछिल्लो एक महिनाको अन्तरालमा उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।  कोभिड–१९ सङ्क्रमणको समयमा त्यसको फाइदा उठाउँदै उनीहरुले कालोबजारी गरेकाले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान मुद्धा चलाइएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । पक्राउ परेका मध्ये १२ अक्सोमिटर, ८ पिसिआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तथा ५ जना प्रहरीमाथि अभद्र व्यवहार गर्नेलगायत रहेका छन् ।  उनीहरुबाट १३ हजार ७ ५६ लिटर स्यानिटाइजर तथा करीब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ ओटा अक्सोमिटर तथा ७६५ ओटा नक्कली अक्सोमिटर, छ हजार ६०० लिटर इथानोल रसायन, विभिन्न स्टिकर, ४६ ओटा कार्टुन विभिन्न औषधिलगात बरामद गरिएको छ । सो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ ।  बाँके नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित मारुती नन्दन जनरल स्टोरबाट मिति सकिएका करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी नष्ट गरिएको थियो । देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवम् विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको प्रहरी प्धान कार्यालयले जानकारी दिएको छ । रासस

धरानका दुई फार्मेसी कारबाहीमा

सुनसरीस्थित धरानमा दुई फार्मेसी पसलहरू मास्क र स्यानिटाइजर बिल (बिजक ) बिना खरिद तथा बिक्री गरेर राजश्व छली गरेपछि कारबाहीमा परेका छन् ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आज गुनासोका आधारमा बजार अनुगमन गरी कारबाही गरेको वाणिज्य आपूर्ति तथाउपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान अगाडि सुजिता […]

तुलसीपुरमा ‘अटो एम्बुलेन्स’ सञ्चालन

दाङ (अस) । कोरोना संक्रमितको संख्या बढ्दै गएर एम्बुलेन्सको अभाव हुन थालेपछि दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन गरिएको छ । तुलसीपुर क्षेत्रका जनप्रतिनिधि र व्यवसायीको सहकार्यमा ९ ओटा अटोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडामा पायक पर्ने स्थानबाट साविककै भाडादरमा ती अटो एम्बुलेन्सहरूले बिरामीलाई अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालले बताए । ‘अहिलेको अवस्था भनेको समयमा, त्यो पनि स्थानीयस्तरमा एम्बुलेन्स पाइने अवस्था छैन,’ उनले भने, ‘यो समस्याको समाधानका लागि अटो एम्बुलेन्स सञ्चालन गरेका हौं ।’ नगर क्षेत्रमा अटो एम्बुलेन्सहरूले शुक्रवारदेखि नै सेवा दिन थालेका छन् । अटो एम्बुलेन्स पहिचानका लागि ब्यानर र स्टीकर टाँसिएको छ । अटो चालकले बिरामीबाहेक अन्यलाई बोकेमा कारबाही गरिनेछ । उनीहरूलाई स्वास्थ्य सुरक्षाका लागि पीपीई र स्यानिटाइजर लगायत सामग्री उपलब्ध गराइएको छ ।

मोरङमा स्यानिटाइजर महँगोमा बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही

मोरङमा स्यानिटाइजर महँगोमा बिक्री गर्ने तीनवटा फार्मेसी कारबाहीमा परेका छन् ।

स्यानिटाइजरमा विषाक्त मिथानोल रसायनको प्रयोग गर्ने पाँच उद्योगलाई कारबाही

औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक ...

मास्क लुकाउने र महँगोमा बेच्ने ६ फर्मलाई अढाइ लाख जरिबाना, अनुगमन तीव्र

काठमाण्डाै – मास्क (मुखावरण), स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालिएको जना...