होन्डाका ७७ हजार कारमा गडबडी, कम्पनीले फिर्ता माग्यो

काठमाडौं। होन्डाको कारमा गडबडी फेला परेपछि कम्पनीले ७७ हजार गाडी फिर्ता लिने भएको छ। होन्डा कार्स इन्डिया लिमिटेडले भारतभरिबाट उक्त संख्यामा कार फिर्ता ल्याएर निःशुल्क मर्मत गर्न लागेको हो। कारको फ्युलपम्पमा समस्या हुनाले बेलाबेलामा स्टार्ट बन्द हुने समस्या आएको हो। अप्रिल १७ देखि मर्मत सुरु गरिएको र यसका लागि हरेक ग्राहकलाई कम्पनीले सम्पर्क गरेको बताएको छ।(एजेन्सी)

सम्बन्धित सामग्री

विङ्गो कारमा आयो अफर, घट्यो मूल्य

काठमाडौं । विलिङ विङ्गो कारमा अफर सार्वजनिक भएको छ । नाडा अटो शो चलिरहेको समय र आगामी चाडपर्वको अवसर पारेर कम्पनीले विङ्गो ह्याचव्याक कारमा स्कीम सार्वजनिक गरेको हो । विलिङको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको स्कीममा सिधै मूल्यमा छुट दिइएको छ । यसअघि ३२ लाख ९९ हजार मूल्य तोकेर त्यसमा एक लाख रुपैयाँ इन्टोडक्टरी […]

विद्युतीय कारमा कति वर्ष चल्छ ब्याट्री ? यस्तो आयो पहिलो रिपोर्ट

काठमाडौं । विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री कति वर्ष चल्छ भन्ने बहस विश्वभर नै भइरहेको छ । नेपालमा पनि अधिकांश कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिने गरेका छन् । तर, ईभीको ब्याट्री कति वर्षपछि डिग्रेड हुने कसैले भन्ने गरेका छैनन् । अमेरिकी चर्चित इलेक्ट्रीक ब्राण्ड टेस्लाले हालै मात्र ब्याट्री […]

सिट्रोनको इलेक्ट्रीक कारमा २ लाख ५० हजारसम्मको फाइदा पाइने

काठमाडौं । सिट्रोनको पछिल्लो इलेक्ट्रीक कार ईसीथ्रीमा २ लाख ५० हजारसम्मको फाइदा पाइने स्कीम सार्वजनिक भएको छ । आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले ईसीथ्री र सीथ्री दुबै मोडलमा २ लाख ५० हजार रुपैयाँसम्मको स्कीम दिएको हो । कम्पनीले यी दुबै मोडलको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, एक वर्षको बीमा, एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस […]

१४ पटक मोटर र ४ पटक ब्याट्री फेरिएको ईभी, कति गुढ्यो ?

काठमाडौं । अमेरिकी एक चालकले आफ्नो टेस्ला कारमा १४ पटक मोटर परिवर्तन गरेको कुरा बाहिर आएको छ । उसोत कम्पनीले नै ५ देखि ८ वर्षसम्म वारेन्टी दिने मोटर १४ पटक कसरी सम्भव भयो होला ? धेरैको मनमा यो पश्न खडा हुनसक्छ । हंशजर्ग भान जेमिगेन-होर्नवर्ग नाम एक ब्यक्तिले १८ हजार किलोमिटर चलेको सेकेन्ड ह्याण्ड टेस्ला […]

एमजीका कारमा हजार किलोमिटर रेन्ज दिने ब्याट्री

काठमाडौं । एसएआइसी मोटर कर्पोरेशन र छिङटाओ ब्याट्री उत्पादक कम्पनी बीचमा सोलिड स्टेट ब्याट्री बनाउन संयुक्त लगानीमा नयाँ कम्पनी बनेको छ । यी दुई कम्पनी मिलेर १ हजार किलोमिटर रेन्ज दिने सोलिड स्टेट ब्याट्री बनाउने भएका हुन् । एमजी, मेक्सस, बाओजुन जस्ता ब्राण्डको स्वामित्व रहेको एसएआईसी ग्रुपले ईभी उत्पादनलाई तिब्रता दिदै आएको छ । कम्पनीले […]

टाटाको नेक्सन इलेक्ट्रिक कारमा अचानक आगो लाग्यो, इलेक्ट्रिक गाडी कति सुरक्षित ?

नेपालमा माग बढिरहेको र निजी तथा सरकारी कार्यालयले पनि प्रयोग गरिरहेको टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’मा रोकिराखेकै ठाउँमा आगो लागेको छ । भारतमा नेक्सन इभीको एउटा गाडीमा अचानक आगो लागेको हो  मुम्बइमा सडक छेउमा रोकिराखेको टाटाको नेक्सान इभीमा आगलागी भएको थियो । अचानक आगलागी भएपछि पानी हालेर आगो निभाउँदै गरिएको उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । इभीमा अचानक आगो लाग्न थालपछि टाटाका गाडीको सुरक्षामाथि प्रश्न उठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । टाटा कम्पनीले पनि उक्त घटनाको अनुसन्धान भइरहेको र हालसम्म आफ्ना गाडीमा सुरक्षालाई लिएर कुनै प्रश्न नउठेको दाबी गरेको छ । टाटाले भारतमा मात्रै ३० हजार आफ्ना इलेक्ट्रिक गाडी गुड्ने दाबी गर्दै ती ३० हजार इलेक्ट्रिक कारले ४ वर्षमा १ सय मिलियन किलोमिटर दुरी पार गरिसकेको र यो अवधिमा कुनै यस्ता घटना नभएको जनाएको छ ।मुम्बइमा सडक छेउमा पार्किङमा रहेको नेक्सन इभीमा के कारण आगोको मुस्लो निस्कियो भन्नेबारे वास्तविक कारण अहिलेसम्म पत्ता नलागेको भारतीय समाचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ । आगो लागेको उक्त गाडीमा ३०.२ एडब्लुएच लिथुनियम इओन ब्याट्री जडित थियो । नेपालमा पनि हालसालै नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा नेक्सन इभी किनेको छ । नेपालका लागि यसको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली. हो ।

टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसके

होन्डा कारमा फेस्टिभ बोनान्जा

काठमाडौं (अस) । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आउँदै गरेका दशैं, तिहार र छठ पर्व लक्षित होन्डाको फेस्टिभ बोनान्जा अफर ल्याएको छ । योजनामा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्म फ्री इन्स्योरेन्स, १ वर्षसम्म फ्री रोड ट्याक्स, ३ वर्षसम्म फ्री सर्भिसिङ, ३ वर्षसम्म स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य उपहार प्राप्त गर्न सक्नेछन् । हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजार रुपैयाँसम्मको नगद फिर्ता जित्न सक्नेछन् । यो योजना होन्डाका सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले बताएको छ ।

'कोना'को मुल्य ५६ लाखमा झर्यो

हुन्डाई कम्पनीले बजारमा विक्रीमा ल्याएको विद्युतीय कार कोनाको मुल्य घटेको छ । हुन्डाई कम्पनीले कोना कारमा २३ लाख रुपैयाँ मुल्य घटाएर हाल ५६ लाख ९६ हजारमा बिक्री शुुरु गरेको छ । यस अघि ७६ लाख ९६ हजार रहेको थियो ।