हुन्डाई र कियाको कारमा आगलागी हुने जोखिम,  करीब ५ लाख थान कार फिर्ता लैजाने तयारी

माघ २६, वाशिङटन डीसी (अमेरिका) । दक्षिण कोरियाली अटो कम्पनीहरु हुन्डाई र कियाले अमेरिकाबाट करीब ५ लाख थान कार तथा एसयूभी फिर्ता ल्याउने तयारी गरेको छ । ती कम्पनीहरुले कारमा आगो लाग्ने खतरा रहेको भन्दै सवारीधनीहरुलाई घरबाहिर पार्क गर्न पनि भनेका छन्। हुन्डाई र कियाले अमेरिकामा आफ्ना धेरै कार र एसयूभी फिर्ता मगाइरहेका भन्दै सीएनएनले आफ्नो वेबसाइटमा समाचार छापेको छ । ती कारमा प्रदूषणका कारण एन्टी लक ब्रेक कम्प्युटर कन्ट्रोल मोड्युलमा सर्ट सर्किट भएर इन्जिनमा आगो लाग्न सक्ने सम्भावना रहेको ती कम्पनीहरुले जारी गरेको बयानमा भनिएको छ । कम्पनीले पार्किङमै राखिएका कारमा पनि आगलागीको सम्भावना रहेको प्रष्ट्याएका छन्।  प्राविधिकको परीक्षणपछि ती कमपनीहरुलाई लामो समयदेखि प्रयोग गर्दै आएका सवारीसाधनलाई घरबाहिर गाडी पार्क गर्न भनेका हुन् । हुन्डाईले २०१६ देखि २०१८ मा निर्मित सान्ता फे एसयूभी, २०१७ देखि २०१८ मा निर्मित सान्ता फे स्पोर्ट एसयूभी, सन् २०१९ को सान्ता फे एक्सएल मोडल र २०१४ देखि २०१५ मा निर्मित टक्सन एसयूभी अमेरिकाबाट फिर्ता गर्ने तयारी गरिरहेको छ। त्यस्तै, कियाले भने २०१६ देखि २०१८ को बीचमा निर्मित के ९०० सेडान मोडलहरु र २०१४ देखि २०१६ बीच निर्मित सपोर्टेज एसयूभी फिर्ता गर्ने तयारी गरिरहेको छ। अमेरिकाबाट हुन्डाईले कुल ३ लाख ५७ हजार ८३० र कियाले १ लाख २६ हजार ७४७ थान कार फिर्ता लाने छन्।  अव प्राविधिकहरुले ती कारको एन्टी–क्लक ब्रेकिङ कन्ट्रोल मोड्युल जाँच गर्नेछन् र त्रुटि भएमा नयाँ जडान गर्नेछन्। तिनीहरुको फ्युज पनि परिवर्तन गरिनेछ। यसका लागि कुनै पैसा लाग्ने ती कम्पनीहरुले यसअघि नै बताइसकेका छन्। हुन्डाईको प्यारेन्ट कम्पनी हुन्डाई मोटर ग्रुपको कियामा अग्राधिकार शेयर रहेको छ ।  दुवै कम्पनीले कुनै  कारमा भने एउटै इञ्जिनीरिंग प्रयोग गरेका छन् ।   यसअघि यस्तै गरी अमेरिकी इलेक्ट्रिक कार टेस्लामा समस्या देखिएको भन्दै अमेरिकी नियामक निकाय नेश्नल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्टर्स (एनएचटीएसए) ले १ लाख ५८ हजार थान कार बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । नेश्नल हाइवेले कम्पनीलाई पत्र काटेर बजारबाट सन् २०२१ देखि २०१८ बीच बनेका टेस्ला मोडल एस कार र सन् २०१६ देखि  २०१८ बीचमा बनेका मोडल एक्सएस मोडलका कार किन्ने ग्राहक र डिलरलाई यो सुरक्षा कमजोरीबारे जानकारी गराउन तथा कार फिर्ता मगाएर ठीक पार्न निर्देशन दिएको थियो । एजेन्सी

सम्बन्धित सामग्री

‘हुन्डाई फेस्टिभ कार्निभल’ सुरु हुँदै

हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ‘हुन्डाई फेस्टिभ कार्निबल’ सुरु गर्ने भएको छ।

हुन्डाई कन्स्ट्रक्सनको  ‘स्मार्ट प्रमिस अफर’

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीलाई लक्षित गरेर हुन्डाई स्मार्ट प्रमिस योजना ल्याएको छ । योजनाअन्तर्गत नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सकिने कम्पनीले...

‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ हुँदै

हुन्डाई अटोमोवाइल्सले दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ।...

‘हुन्डाई अनमोल’ अफर सार्वजनिक

कन्सट्रक्सन सोलुसन प्रालिले ‘हुन्डाई अनमोल’ अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले हुन्डाई आर १४० एलएस स्मार्ट खरिदमा दुई हजार घन्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने बताइएको छ।...

हुन्डाई हाइवेमा निःशुल्क चेकअप क्याम्प

नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स) गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ ।  यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैँमा घर फर्कंदै गरेका...

हुन्डाई गाडीको निःशुल्क चेकअप

नेपालको लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको लागि फ्री चेक अप क्याम्प ‘हुन्डाई हाइवे एसुरेन्स’ आयोजना गरेको छ।...

हुन्डाई हाइवेमा निःशुल्क चेकअप क्याम्प

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स) गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ ।नेपालीहरुको महान चाड वडा दसैँमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेकअप क्याम्प गराउन सक्नेछन्

हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना सार्वजनिक

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना ल्याएको छ।...