काठमाण्डाै - अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको थियो तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो । अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द ग...