काठमाडौं : कार्तिक नाच शुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ।मंसिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो। वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ।यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भए