काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको बेला लामिछाने र प्रचण्डबीच एक घण्टा छलफल भएको हो। पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन।
प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली र लामिछानेबीच शनिबार भएको भेटमा अर्को मन्त्रालयको वि...