कानूनको संरक्षण, संवर्धन र अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई रहेको छ र न्याय सम्पादन गर्ने कार्यकारिणी जिम्मेवारी प्रधानन्यायाधीशसँगै मातहतका अन्य अदालत र न्यायाधीशहरूसँग रहन्छ। यद्यपि अहिलेको परिप्रेक्ष्यमा यिनै न्यायपालकहरूबाट स्वतन्त्र, सक्षम र निष्पक्ष भनिने न्यायालयको गरिमामाथि कु-प्रहार भएको हामी देख्न सक्छौं। प्रधानन्यायाधीशको कार्य-सम्पादनमा प्रश्न पहिले पनि उठ्ने गरेका नै थिए। तर, अहिले विवाद न्यायपालिका […]