उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको आर्थिक विकास योजना चौतर्फी रुपमा धरासायी भइरहेको बताएका छन् । सत्तारुढ वकर्स पार्टीको राष्ट्रिय कंग्रेस आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
किमले पछिल्ला पाँच वर्ष निकै अनपेक्षित रहेको र देशका लागि खराबमध्ये अति खराब रहेको बताए । किमले पाँच वर्षपछि यस्तो भेला आयोजना गरेका हुन् । उत्तर कोरियाको इतिहासमै वकर्स पार्टीको कंग्रेस आठपटक मात्रै बसेको छ ।
यतिबेला उत्तरले छिमेकी चीनसँगको सीमा पनि बन्द गरेको छ । कोरोना भाइरस महामारी रोकथाम गर्नका लागि गत वर्षको जनवरीदेखि नै उत्तरले ...