काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा १०३ औं शाखा विस्तार गरेको छ । शाखा कार्यालयको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले उद्घाटन गरेका छन् ।यसैगरी, बैंकले कन्ट्याक्ट लेस पेमेन्टलाई प्रवर्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।