जनकपुरधाम– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक चोक र शिव चोकमा प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । अहिलेसम्मकै उच्च मूल्यवृद्धि गरी सरकारले जनतालाई पीडा दिने […]