पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डाैको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । पछिल्लाे ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे ...

सम्बन्धित सामग्री

सडकमै पकाइयो चिया

हेटौंडा ।  सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि वागमती प्रदेशको राजधानी हेटौंडामा युवाले सडकमै आगो बालेर चिया पकाएका छन् । मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ, मुस्लिम इत्तेहाद संघलगायत एमालेका जनवर्गीय संगठनहरुले मूल्यवृद्धिविरुद्ध फरक शैलीमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सवारीसाधन चलाउन नसकिने संकेत गर्दै […]

पेट्रोलियम मूल्यबद्धिको विरोधमा भक्तपुरमा पनि प्रदर्शन

काठमाडौँ- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पेट्रोलियम मूल्यबृद्धिको विरोधमा बुधबार भक्तपुरको सानो ठिमी क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको छ। सानोठिमी क्याम्पस इकाइ समितिले १३ दिनको अन्तरालमा मंगलबार सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै क्याम्पस अगाडि साङ्केतिक रुपमा टायर बालेर प्रदर्शन गरेको भक्तपुर जिल्ला इन्चार्ज ललिजङ बमले बताए। […]

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विप्लव समूहको प्रदर्शन

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको शान्तिवाटीकामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए । …

शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध

२७ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । …