भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।