बेनी–जोमसोम कोरला सडक अन्तर्गत तिप्ल्याङ नजिक बस दुर्घटनाका घाइतेलाई बेनी अस्पतालमा ल्याइएको छ । काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदैगरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस अन्नपूर्ण गाउँपालिका –१ मा पर्ने तिप्ल्याङ नजिक आज शुक्रबार विहान करिब १० बजेतिर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बसमा २१ जना यात्रु सवार थिए ।