विपद्मा परेका सिन्धुपाल्चोकका बासिन्दालाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुबानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । मेलम्ची नगरपालिकालाई प्रदान गरिएको १० लाख रुपैयाँको चेक उपप्रमुख भगवती नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताललाई हस्तान्तरण गरिएको मिश्रले जानकारी दिएका छन् । चाँगुनारायण