काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि करिब ६८ लाख रुपैयाँ सहयोग गरेको छ। सोमबार माओवादी केन्द्र बागमती प्रदेशले ६७ लाख ९० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो। बगमती प्रदेशले संकलन गरेको रकम सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिकाका बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापना र पुनर्निर्माण कार्यमा प्रयोग गर्ने गरी हस्तान्तरण गरिएको माओवादी नेता हित