दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ। शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो। दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्यो। ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो…