कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वी