ग्रामीण बजारमा म्याद गुज्रेका अखाद्य र नक्कली वस्तुको बिक्री बढेको छ । अनुगमन नहुँदा यो क्रम रोकिएको छैन ।स्थानीय प्रशासनको बजार अनुगमन सहर केन्द्रित छ । स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेको छैन । दुर्गमका उपभोक्ता महँगो मूल्य तिरेर म्याद गुज्रेको, अखाद्य, नक्कली वस्तुको उपभोग गर्न बाध्य छन् ।