नेपाली साहित्यको क्षेत्रमा चिरपरिचित नाम हो गोपी मैनाली । कुशल प्रशासक मात्र नभई सिद्धहस्त लेखक तथा साहित्यकारमा पनि पर्छन् उनी ।
उनको नाम संवत् पचासको दशकदेखि नै सुन्दै आएको हुँ मैले । गोरखापत्र र मधुपर्कहरूमा बरोबर पढिँदै आएका मैनालीका लेख–रचना गोरखापत्रको लेख–रचना शाखामा हुँदा छापेको छु आफैंले पनि । सम्पादकीय भूमिका रहँदा पनि छापिए जस्ता लाग्छन् केही ।
पेशाले कर्मचारी भए पनि रुचि भने लेखन तथा साहित्य नै हो गोपीजीको । निजामती प्रशासनको उच्च तहबाट अवकाश लिएका गोपीजी लेखन क्षेत्रमा भने अहिले ...