काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविक नेकपा विवादमा केपी ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्रमा अधिकांश सुझाव वामदेव गौतमकै भएको दाबी गरेका छन्। शनिबार प्रचण्डले आरोपपत्र फिर्ता नलिएकै कारणले नेकपा विभाजन भएको आरोप लगाएपछि त्यसको जवाफ दिँदै प्रचण्डले त्यसमा अधिकांश सुझाव गौतमकै समेटिएको दाबी गरेका हुन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्