जेठो पार्टीको पुरानै ढर्रा : पानीट्यांकीमा प्वाल पारेर मतपेटिका तयार
आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले भोट हाल्दै छन् । तर, देशको सबैभन्दा जेठो पार्टीले...
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उनले बताए ।
मनाङ - हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ। यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो।
हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभ...
गाेरखा – गोरखामा मतपेटिका सङ्कलनकाे काम सुरु भएकाे छ । चुमनुब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ६ ठाउँमा केन्द्रित गर्ने र अन्य पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चुमनुब्रीको मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकामसम्म ल्याइने छ । सामागाउँ र नामरुङमा नजिकका आठ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ भने चुम्लिङ र झुङमा नजिकका छ वटा केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ । यस्तै घुम्मत र सल्लेरीमा नजिकका आठ व...
३ मंसिर, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता तथा उम्मेदवारहरुले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् । मतदाताहरुले समेत मतपेटिका साटिने हो कि भनी शंका गर्छन् । निर्वाचनको निष्पक्षता र स्वच्छतामा नै प्रश्न उठ्ने गरी हुने यो खालको टीकाटिप्पणीबारे हामीले निर्वाचन आयोगका अधिकारीहरुलाई सोधेका छौं । मतदान हुनुअघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनीयताका उपाय अपनाइने […]
नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली […]
रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बोकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेको हो । लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य […]
व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।
२९ वैशाख, काठमाडौं । केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्याउने बेला विशेष चनाखो हुन आग्रह गरे । उनले बिच बाटोमा मतपेटिका साटिनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका थिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि नै प्रश्न उठ्ने गरी उनले गरेको टिप्पणी निर्वाचन आयोगप्रति लक्षित थियो । कतिपय व्यक्तिहरूले मतदान […]
निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा अघिल्लो पटकको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गर्ने भएको छ । चुनावका लागि ५५ देखि ६० हजार मतपेटिका चाहिनेमा सो सङ्ख्याको मतपेटिका आयोगसँग मौज्दात रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।सो सङ्ख्याका मतपेटिका आयोगसँग मौज्दात रहेकाले खरिद गर्नु नपर्ने भएको हो । तर मतपत्र ठुलो भएको अवस्थामा केही मात्रामा द्रुत प्रक्रियाबाट ठुला आकारको मतपेटिका खरिद गर्नुपर्ने हुनसक्ने अर्यालको भनाई छ । सहप्रवक्ता अर्यालले भने, &lsq